Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सम्पत्ति भएका भूपू बरिष्ठहरु किन खान्छन् हण्डी ?

२३ मंगलबार , आश्विन २०८०एक बर्ष अगाडि

सम्पत्ति भएका भूपू बरिष्ठहरु
      किन खान्छन् हण्डी ?

काठमाडौं । पूर्व राष्ट्रपतिलाई मासिक ५० हजार वृत्ति, आवासका लागि मासिक २ लाख, मर्मत खर्च १ लाख, सवारी, मर्मत मासिक २५ हजार, इन्धन (२०० लि. र ५. लि), चालक, उपसचिव स्तरको निजी सचिव, कार्यालय सहयोगी, सुरक्षाकर्मी, पत्रपत्रिका, इन्टरनेट, बिजुली सुविधा पनि दिइन्छ । यतिले त तातोपानी मात्र खान पुग्छ भन्ने हो भने के औषधि छ ?
हरेक दल मिसन ०८४ भनेर हल्लाखल्ला गरिरहेका छन् । ४८ सय भीआइपी, पूर्व विशिष्टहरूलाई गरीबले करतिरेर किन आजीवन पाल्नुपर्ने, अबको चुनावमा प्रश्न उठ्नुपर्छ । प्रश्न त वर्तमान संसदमै उठ्नुपर्ने हो, जनतालाई राहत छैन, यिनलाई भत्तेर ? पदमा हुँदा गलगित्त तलव, भत्ता, सुविधा लिने, अवकाशपछि झन बढी असुल्ने ? यही हो देश र जनताप्रति जवाफदेही हुन्छु भनेर खाएको शपथ ? प्रश्न उठ्नुपर्छ ।