Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

प्रजग कोरिया दूतावास स्वागत समारोह

२१ बिहिबार , भाद्र २०८०एक बर्ष अगाडि

प्रजग कोरिया दूतावास स्वागत समारोह

भदौ २०, सेप्टेम्बर ६ का दिन प्रजग कोरियन दूतावासले ७५औं प्रजग कोरियाको स्थापना दिवस अर्थात राष्ट्रिय दिवसको उपलक्ष्यमा स्वागत समारोहको आयोजना ग¥यो ।
प्रमुख अतिथि थिए उपराष्ट्रपति रामसहाय प्रसाद यादव । कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, पूर्व उपप्रधानमन्त्री सीपी मैनाली, पूर्व मन्त्री शशी श्रेष्ठ, माओवादी नेता लिलामणि पोखरेल, परराष्ट्र मन्त्रालयका उत्तरपूर्वी डेस्कका योजना बानियासहितका अधिकृतहरु, पत्रकारहरु, पार्टीका पदाधिकारी, कार्यकर्ताहरुको उपस्थिति थियो ।
सो अवसरमा नेपाल-प्रजग कोरिया मैत्री संघमहासचिव फणिन्द्र पन्तले स्वागत मन्तव्य राख्दै उपराष्ट्रपतिलगायत सबै निम्तालुलाई स्वागत गर्नुभएको थियो ।
महामहिम राजदूत जो योङमानले कार्यक्रममा आउनु भएका सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियो ।