Advertisement Banner
Advertisement Banner

१२ शनिबार, श्रावण २०८१23rd July 2024, 10:09:55 am

चीनले नक्सा बुच्चे किन बनायो ?

१८ सोमबार , भाद्र २०८०एक बर्ष अगाडि

चीनले नक्सा बुच्चे किन बनायो  ?

सीमाविद बुद्धिनारायण श्रेष्ठ भन्नुहुन्छ– चीनले जारी गरेको नक्सामा नेपालको चुच्चेभाग नहुनु नेपालको कूटनीतिक असफलता हो । सीमाविदका अनुसार नेपालको यो नक्सा– चिनियाँ भाषाको चुच्चे नक्सा मैले चीनको State Bureau of Surveying & Mapping बाट ल्याएको हुँ । नेपालमा पहिलो पटक २०५८ मंसिर २८ मा नेपाल समाचापत्र दैनिकमा नक्सासमेतको समाचार प्रकाशित गरिएको थियो । तर आज यो चुच्चेनक्सा चीनले सार्वजनिक गरेको नक्सामा छैन ।
चीनले अहिले जुन संस्थाबाट तयार भई प्रकाशित गरेको नयाँ नक्सा हो, त्यही संस्थाको Archive मा यो नक्सा रहेको छ । नक्साको  नाम हो Qing Dynasty–1903।
यो नक्साको Catalogue Number हो Guangxu–29 र कोस्टमा -Name of Emperor after 29 years since he came to power उल्लेख गरिएको छ ।   नेपालले प्रकाशित गरेका चुच्चे नक्सालाई यो नक्साले सत–प्रतिशत समर्थन गरेको छ ।