Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

श्रीगणेशको नोट चल्ने मुस्लिम देश इण्डोनेशिया

२७ शनिबार , श्रावण २०८०एक बर्ष अगाडि

श्रीगणेशको नोट चल्ने मुस्लिम देश इण्डोनेशिया

गणतन्त्र इन्डोनेसियाको विश्व सम्पदा बोडोबुडुर चैत्य बनाउने योजनाकार तथा वास्तुविद् ललितपुर, नेपालका कवि गुणधम (गुणभद्र) हुन् भनिन्छ । गुणधमबारे बुद्धमार्गी केही बताउँदैनन्, उनका बारेमा अहिले सम्म कुनै खोज अनुसन्धान पनि भएको छैन ।
८औं देखि १२औं शताब्दी वीच इन्डोनेसियामा हाम्रा पुर्षाको उत्कृष्ट योगदानका विषयमा हामी नेपालीले विशेष जानकारी नै नपाएपछि कसरी गर्व गर्ने ? इण्डोनेसियामा हिन्दुत्वबारेमा अनेक सम्पदाहरूको संरक्षण गरिएको छ । यथार्थमा इण्डोनेसियाको पर्यटन उद्योग नै हिन्दु सम्पदाका कारणले गुलजार छन् ।
इण्डोनेसियामा रहेका अन्य हिन्दु सम्पदाहरूको नेपाल सरकार र नेपाली विद्वानहरूले अध्ययन अनुसन्धान गरी हिन्दुसमुदायलाई मात्र होइन, विश्वसामु पु¥याउन सके नेपालमा समेत पर्यटन उद्योगलाई टेवा मिल्नेछ, हिन्दुत्वका बारेमा सबैले जानकारी पाउनेछन् ।
यद्यपि आवादीका हिसावले इण्डोनेसिया विश्वकै ठूलो मुस्लिम देश हो । संस्कृति हिन्दु छ । ८८ प्रतिशत इस्लाम, बौद्ध, हिन्दु २ प्रतिशत रहेका छन् । तर यहाँ हिन्दुत्वको असर घर घरमा देख्न पाइन्छ । महाभारतकालका अर्जुनलगायतका ठूला ठूला सालिकहरु सडक सडकमा देख्न पाइन्छ । रामायण, महाभारतकालीन संस्कृति मञ्चन गरिन्छ । हिन्दुत्वको प्रभाव बढी बाली टापुमा देखिन्छ ।
इण्डोनेसियाको २० हजारको नोटमा आज पनि गणेश भगवानको फोटो छापिन्छ ।
इण्डोनेशियाको पुरानो साम्राज्यको नाम श्रीविजया और गजाह मधा आदि थियो । इण्डोनेशियाको ाभषा बहासा हो, संस्कृतको विशेष प्रभाव छ । सुकार्णोपुत्री जो इण्डोनेशियाको पाँचौं राष्ट्रपति पनि बनेकी थिइन् । उनी संस्कृतमा बहस गर्न सक्छिन् भनिन्छ । इण्डोनेशियाली आज पनि महाभारत र रामायणको चर्चा भयो भने यी ग्रन्थ हाम्रो हो भन्छन् । पर्व पर्वमा विचित्रखालको पौराणिक झाँकी निकालिन्छ, कौरव, पाण्डवमात्र होइन, हनुमान जात्रा पनि देख्न पाइन्छ ।
इण्डोनेशियाली यो धर्ती भगवान रामको जन्मभूमि हो भन्छन् ।
मुसलमानहरू भारतकै बाटो इण्डोनेशिया पुगेका रहेछन् । पहिले साह्रै उदार मुस्लिम थिए, बिस्तारै कट्टरवाद आउन थालेको देखिन्छ ।
प्रसिद्ध फ्रान्सेली इतिहासकार पॉल सीडीसले केही वर्ष पहिले लेखेको पुस्तक– द हिंदुआइजÞ्ड स्टेट्स ऑफ साउथईस्ट एशिया मा श्रीविजया र यवद्वीप (जावा) को नाम छ, जो आज इण्डोनेशियाको एक भाग हो ।
इण्डोनेशिया १४औं शताब्दीसम्म हिन्दुराष्ट्र थियो । ७औं शताब्दीतिर राजा बौद्धराष्ट्र बनाउन चाहन्थे तर व्यापारीको रुपमा पसेका मुसलमानले गरीबहरुलाई सहयोग गर्न थाले, धर्मबिस्तार गर्न सुरु गरे । १५औं शताब्दीमा मुस्लिम समुदाय बलियो भइसकेको थियो । यसरी वर्तमान इण्डोनेशिया धर्म मुस्लिम, संस्कृति हिन्दुका रुपमा स्थापित रहेको छ । अचम्म त के छ भने मुस्लिमले हिन्दु, बौद्ध मठ मन्दिरमा कुनै पनि हानी नोक्सी गरेनन् । सबैलाई आआफ्नो धर्म मान्ने छुट छ ।