नेपालबाट चोरी निकासी भएर अमेरिका पु¥याइएका ३९ बहुमूल्य सम्पदा फिर्ता भएका छन् । विभिन्न स्थानबाट चोरी भएर तस्करी भएका यी नेपालाबट चोरी गरी अमेरिकामा बेचिएका पुरातात्विक महत्वका ३९ सम्पदाहरू १९औं तथा २०औं शताब्दिका काष्ठजन्य कला, चित्रहरु र मूर्तिहरू रहेका छन् । यसको तौला १६११ केजी रहेको बताइएको छ ।
यी सबै बहुमूल्य सम्पदाहरु अमेरिकाको हवाई राज्यको भन्सार र सीमा सुरक्षा निकायले सन २०१० मा बरामद गरेको बताइएको छ । समाचारअनुसार यी सामानहरु नेपाल र तिब्बती सामानको कारोबार गर्ने व्यापारीले लगेको खुलेको छ । नेपाली महावाणिज्यदूत पुन्नाखर ढकालको सक्रियतामा यसअघि पनि ८औं शताब्दीका बुङ्मतीको मछिन्द्रबहालमा रहेको बुद्धको ढुङ्गे मूर्ति र १०औं शताब्दिको नृत्यदेवीको काठको मूर्ती नेपाल फर्काइएको थियो ।