राष्ट्रपति सी चिनफिङका विश्वासपात्र मानिएका छिन काङ परराष्ट्रमन्त्री नियुक्त भएका थिए । सुराकी बेलुनकाण्डपछि एकाएक सतहबाट हराएका छिन काङ अहिले पनि रहस्यमय रुपमा हराएकै अवस्थामा छन् । उनलाई राष्ट्रपतिले परराष्ट्रमन्त्रीबाट बर्खास्त गरेर पहिलेकै वाङ यी ७ महिनापछि परराष्ट्रमन्त्री नियुक्त भएका छन् ।
चीनको मुखपत्र मानिने ग्लोबल टाइम्स पत्रिकाले छिनलाई किन बर्खास्त गरियो, छिन कहाँ के र कुन अवस्थामा छन्, खुलाएको छैन । छिन २५ जुलाईदेखि गुमनाम अवस्थामा रहेका छन् । उनको गुमनामीबारे अनेक टिकाटिप्पणी भइरहेका छन् ।
भारतले खानेपानी, गुम्बा, मन्दिर, स्कूल, कलेजमा सिधा आर्थिक सहयोग गरेझैं चीनले काठमाडौं कलंकीस्थित एलआरआई स्कूलमा नेपाल–चीन मैत्री कक्षा कोठाका लागि सहयोग गरेको छ । यो अभियान अरु तीब्र हुने बताइन्छ ।