Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चीनले खुवायो समयबजी

१२ शुक्रबार , श्रावण २०८०एक बर्ष अगाडि

चीनले खुवायो समयबजी

माओवादी केन्द्रको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटिकल ब्युरो सदस्य युआन चियाचुन साउन ७ गते नेपाल भ्रमणमा आए । तर निम्तोकर्ता माओवादी अध्यक्ष तथा प्रधानमन्त्री इटलीतिर हिंडिसकेका थिए । उतैबाट उनले भर्चुअल वार्ता गरेर परैबाट भाइचारा देखाए । चारदिन बस्दा पनि युआनले माओवादी अध्यक्ष भेटवार्ता गर्न पाएनन् र फर्किए ।
फर्कनुअघि उनले दिएको एक भोजमा नेपाली नेताहरुलाई समयबजी, फर्सीको हलुवा, लप्सीको अचार खान्की खुवाएर गए । अर्थात् माओवादीलाई चीनले कूटनीतिक जोल्ट दिएर गएका छन् ।
बरु एमाले अध्यक्ष केपी ओलीले युआन चियाचुनलाई कोभिड अघि खोलिएका नेपाल–चीनवीचका सबै नाका खोल्न आग्रह गरेका थिए । चीनबाट आयात भएका ७ लाख बोरा मल, बिस्फोटक पदार्थ नाका नाकामा रोकिएका छन् । निर्माण कार्यमा प्रयोग हुने बिस्फोट पदार्थ भारतको दबाबमा रोकिएको हो ।