काठमाडौं । नेपालमा खिसिक्क केही भयो भने भारतीय गोदी मिडियाले हावादारी समाचार दिएर नेपालको दोहोलो काढ्ने गर्छन् । तर ती मोदीका गोदी मिडियाले मणिपुरमा झण्डै ३ महिनादेखि इसाई कुकी जातिका संगठित जत्थाहरूले अत्याधुनिक हातहतियार सहित हिन्दू मेतै जातिहरूको नरसंहार गरिरहेको घटना देख्दैनन्, समाचार लेख्दैनन् । अचम्म त के पनि छ भने हिन्दुराष्ट्र चाहिन्छ भन्ने हिन्दुवादीहरूसमेत मणिपुरमा हिन्दु मारिएको, हिन्दुको रक्तपात भएको देख्दैनन् ।
यतिबेला हिन्दुहरू पनि विद्रोहमा उत्रिएका छन् । दिनदिनै अप्रिय घटना घटिरहेका छन् । हिन्दुवादी भनिएको मोदी सरकार पनि हिन्दु मारिएकोमा प्रतिक्रियाविहीन भएर बसेको छ । अर्कोवर्षको चुनावमा मत घट्छ भनेर मणिपुरमा भइरहेको हिंसाका वारदातहरूमा समेत राजनीतिकरण भइरहेको विश्लेषण छ ।
अपराध अपराध हुन्छ । अपराधमा समेत राजनीतिकरण ? कोशीको नामाकरणमा जातीय फौज तैयार भइसकेका छन् । मन्दिर, मस्जिदका विवाद बढेका छन् । केही वर्षपछि नेपालमा समेत यस्तै दङ्गा नहोला भन्न सकिएला र ?