Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

सयवर्षे हेनरी किसिन्जर चीनमा किन गए

११ बिहिबार , श्रावण २०८०एक बर्ष अगाडि

सयवर्षे हेनरी किसिन्जर चीनमा किन गए

काठमाडौं । नामी कूटनीतिज्ञ, राजनीतिक विचारक, भूराजनीतिका विशेषक र राजनीतिज्ञ जसले अमेरिकालाई मन्त्री, राष्ट्रपति निक्सन, जेराल्ड फोर्डका सुरक्षा सल्लाहकार भएर राष्ट्र सेवागरेका थिए, ती व्यक्तित्वले आफ्नो देशका लागि चीन भ्रमण गरेका छन् ।
देशका लागि बाँच्नुपर्छ भन्ने नेता हुन् हेनरी किसिन्जर । सयवर्षे बुढा हेनरी लामो हवाई यात्रा गरेर चीन गए, उनलाई राष्ट्रपति सीले उच्च सम्मान दिएको देखियो । विश्व विश्लेषकहरू यसकारण हैरान छन् कि हेनरी अमेरिकी ऋणभारका कारण, व्यापारबृद्धिका कारण, ताइवानका कारण पनि चीन गएका होइनन् । त्यसो भए किन गए त ?
चीनका राष्ट्रपति सी चिनफिङ र हेनरी किसिन्जरले बन्द कोठामा लामो बहस, छलफल गरेका छन् । यो बहसले विश्व व्यवस्थामा लाभ हुने निष्कर्ष अनेक विश्लेषकहरूले गरिरहेका छन् ।