काठमाडौं । धमाधम रूसी सेनामा नेपाली युवा भर्ति हुनथालेका छन् । बुद्धिजीवीहरको प्रतिक्रिया छ– नेपालीलाई रूसी सेनामा डीभी पो खुलेको रहेछ !
बेलायत र भारतका लागि बन्दुक त बोकेकै थियौं, फकलेण्ड युद्धमा मर्सिनरीका रूपमा छाती थापेकै हो नेपाली युवाले । अब रूसले युक्रेन र नाटोका सेनासँग लड्न नेपाली युवालाई गोर्खाका रूपमा भर्ति गर्नथालेपछि चर्चा चुलिएको छ ।
अफगानिस्तानमा mष्लभ ७ भहउयिकष्खभ मभखष्अभक भबचथि मभतभअतयच दभायचभ ग्क् कयमिष्भचक धभलत बजभबम भएर नेपाली युवाले ज्यान जोखिममा राखेर काम गरेकै हुन् । देशमा रोजगारी नभएपछि युवाले निकास खोज्छन्, जान्छन् । संसद, सरकार र योजनाविदहरूले त युवाले कमाएर पठाएको रेमिटान्स खर्चेर रमाउने न हो ।
हुन त भित्रभित्रै चीनले पनि गोर्खा सेना भर्तिबारे सोच्न थालेको बताइन्छ ।
जबसम्म नेपालमा भ्रष्ट, अनैतिक, सिद्धान्तहीन र अराष्ट्रिय सोच भएका यस्ता नेता र पार्टी हुन्छन्, तबसम्म युवाले भविष्य नदेखेर विदेशीनु पर्ने पक्का छ ।