काठमाडौं । चीनले सिचुवान एयरमार्फत चेङडु पोखरा चार्टर उडान सम्पन्न गरेपछि नियमित सिधा उडान गर्न एयरलाइन्सका अध्यक्ष मा चु लुनलाई काठमाडौं पठाएको छ । नेपाल राजी भए तुरुन्तै नियमित उडान गर्ने सिचुवान एयरको योजना रहेको छ । नेपाल र चीनवीच माटोरहित नेपाली घास तिब्बतका लागि नेपालबाट आयात गर्ने सम्झौता भइसकेको छ । यही एयरलाइन्सले पर्यटक, व्यापारीलगायत नेपाली घास ओसार्ने योजना पनि सिचुवान एयरको रहेको छ । चीन भ्रमण सकेर नेपाल फर्किएका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनको नेशनल कांग्रेसका अध्यक्ष चाओ लेजीवीच भएको वार्तामा चीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा समेत चीनका विभिन्न सहरबाट चाइना एयरलाइन्सले उडान गर्न सकिने प्रस्ताव नेपाललाई पठाएको छ । यसमा नेपाल सरकारले कुनै निर्णय दिएको छैन । यही सरकार टिकीरहे केही हप्तापछि चीन भ्रमणमा जाने प्रधानमन्त्रीको भ्रमणमा यो विषयको टुङ्गो लाग्ने बताइन्छ । यसैवचि सेचुवान एयरले पोखरा चार्टर उडान गरेको विषयमा भारतीय मिडियाले चीन नेपालको पोखरा आइसक्यो भनेर निकै हल्लाखल्ला गरेको छ । चाइना एयर बोर्डरमा जोडिएको भैरहवा नै उडान थाल्यो भने के भारतले के कस्तो प्रचार गर्ला ? यद्यपि भारतले नयाँ एयररुट दिएको छैन । नयाँ एयररुटका लागि भारतीय सुरक्षा जाँच चौकी र ग्राउण्ड हेण्डलिङ माग गरेको बुझिएको छ ।
स्मरणरहोस्, भैरहवा एयरपोर्ट चिनियाँ ठेकेदारले निर्माण गरेको हो भने पोखरा एयरपोर्ट चीनको एक्जिम वैंकको ऋण सहयोगमा बनेको हो । बनेपछि चीनले बीआरआई अन्तरगतको योजना भनेको छ ।