Advertisement Banner
Advertisement Banner

२८ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

नेपाल र क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना

०७ बिहिबार , असार २०८०२ बर्ष अगाडि

नेपाल र क्यामरुनको कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र क्यामरुनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र क्यामरुनका स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर गरेका थिए ।

संयुक्त राष्ट्रसंघको मुख्यालयमा बिहीबार आयोजित एक समारोहमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृत बहादुर राई र क्यामरुनका स्थायी प्रतिनिधि मिशेल टोमो मोन्थोले कूटनीतिक सम्बन्ध स्थापना सम्बन्धी पत्रमा हस्ताक्षर गरेका थिए । क्यामरुनसँग कूटनीतिक सम्बन्ध स्थापनामा हस्ताक्षर गरेसंगै नेपालको कूटनीतिक सम्बन्ध रहेका मुलुकहरूको संख्या १८० पुगेको छ ।

कूटनीतिक सम्बन्ध स्थापनाको अवसरमा दुवै देशका प्रतिनिधिहरूले द्विपक्षीय सहयोगलाई सुदृढ पार्न साझा हितका विभिन्न विषयमा विचार विमर्शसमेत गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।