Advertisement Banner
Advertisement Banner

०४ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

राजदूतहरु भुटानी शिविरतिर

०७ सोमबार , मंसिर २०७२१० बर्ष अगाडि

नेपालमा २५ वर्ष पुरानो भुटानी शरणार्थीहरुको स्थिति के छ? झण्डै एक लाख शरणार्थी विभिन्न ८ मुलुकले पुनर्वास गराइसकेको अवस्था र बााकीको हालत के रहेछ? यो बुझ्न राजधानीस्थित राजदूतहरु शरणार्थी शिविरमा पुगेका छन्। गत विहीवार मंसिर ३ गते काठमाडौंस्थित अन्तर्राष्ट्रिय आप्रवास संगठन र शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले यो भ्रमणको कार्यक्रम मिलाएको थियो। त्यस अवसरमा प्रधानमन्त्री केपी ओलीले शरणार्थीका सम्बन्धमा सरकार गम्भीर र हेको र यो समस्या नेपालकोमात्र चिन्ता र चासोको विषय नभई समग्र विश्वको समस्या भएको उल्लेख गरेका थिए। प्रधानमन्त्री ओलीले अव १८ हजार भुटानी शरणार्थी बााकी रहेको र तिनलाई पनि विभिन्न मुलुकमा पुनर्वासको व्यवस्था मिलाउनु उपयुक्त हुने धारणा अघि सारेका छन्।
स्मरणीय के छ भने विभिन्न चरणमा भुटान सरकारसाग वार्ता गर्दा पनि भुटानले आफ्ना नागरिकप्रति जिम्मेवार बहन गरेन, शरणार्थीलाई आतंककारीसम्मको आरोप लगाएर फिर्ता लैजना मानेन। भुटानी शरणार्थी समस्या नेपालका लागि बोझ र सामाजिक संरचना बिथोल्ने कारण बन्दै गएको थियो। त्यसपछि नेपालले अन्तर्राष्ट्रिय समुदायसाग छलफल चलाएपछि ८ मुलुकले शरणार्थीहरुलाई पुनर्वास गराउने लगेको थियो। यो क्रम अझै पनि जारी नै रहेको स्थिति छ। भुटानी शरणार्थी भारतको बाटो भएर आएको र भारतकै बाटो फिर्ता जान नदिएको बारे प्रधानमन्त्रीले गुनासो यही मञ्चबाट सार्वजनिक गरेका छन्।
शरणार्थी शिविरको भेटघाट कार्यक्रममा अमेरिकी राजदूत अलाइना टेप्लिज, अष्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटले विभिन्न मुलुकमा एकलाख शरणार्थी पुनर्वास गराउन सक्नु ठूलो उपलव्धि भएको बताए। त्यसअवसरमा शरणार्थीहरुले आासु झार्दै आआफ्ना कारुणिक कथाहरु कुटनीतिज्ञहरुलाई सुनाएका थिए। अमेरिकी राजदुत अलाइनाले त शरणार्थी बच्चालाई बोकेकीसमेत थिइन। अहिलेसम्म अमेरिकाले ८४ हजार ५००, क्यानाडाले ६ हजार ५००, अष्ट्रेलियाले पााच हजार ५५४, न्युजिल्याण्डले १ हजार दुई, डेनमार्कले ८ सय ७४, नर्वेले ५ सय ६६, बेलायतले ३ सय ५८ र नेदरल्यान्डले ३ सय २७ लाई पुनर्वास गराएका छन्।