Advertisement Banner
Advertisement Banner

२८ शनिबार, असार २०८२16th June 2025, 6:20:04 am

साउदीमा जाने श्रमिकका लागि शैक्षिक योग्यता अनिवार्य

३० मंगलबार , जेठ २०८०२ बर्ष अगाडि

बैदेशिक रोजगारीको गन्तव्य मुलुक साउदी अरेवियाले रोजगारीका लागि साउदी अरव आउने श्रमिकको शैक्षिक योग्यताको प्रमाणपत्र अनिवार्य गरेको छ । रोजगारीका लागि शैक्षिक प्रमाणपत्रमा न्यूनतम एसइई/एसएलसीको हुनुपर्ने व्यवस्था गरेको हो ।

साउदीमा कामको खोजीमा ठूलो संख्यामा नेपाली श्रमिक पुग्ने गरेको भएतापनि अब नेपाली श्रमिकहरू रोजगारीका लागि साउदी अरव जाँदा न्यूनतम एसइई/एसएलसी शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने भएको हो ।

वैदेशिक रोजगारीमा साउदी जाने श्रमिकाको प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गरिने छ । तथापी, साउदी दूतावासबाट प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था साउदी सरकारले गरेको बताईएको छ ।

एक्कासी यस्तो व्यवस्था गरेको साउदीले शैक्षिक योग्यताको प्रमाणपत्र किन खोजिएको हो भन्ने बारे कुनै कारण भने स्पष्ट खुलाएको छैन् । हालसम्म मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिने गरिएको छैन ।