Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

भारतलाई कूटनीतिक नोट पठाउन आग्रह

२८ आइतबार , जेठ २०८०एक बर्ष अगाडि

नेपाली भूभाग समेत समावेश गरेर भारतीय संसद भवनमै राखिएको नक्साका सम्बन्धमा पेशागत महासंघले कूटनीतिक नोट पठाएर विरोध जनाउन सरकारलाई अनुरोध गरेको छ । पेशागत महहासंघले असमान सन्धि सम्झौता खारेज गर्न र प्राकृतिक स्रोत साधन सम्बन्धी सन्धिलाई नेपालको हितमा लागू गर्नसमेत सुझाव दिएको छ ।
आइतवार पत्रकार सम्मेलनमा महासंघका महासचिव राजन रेग्मीले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर महापराध गरेको विषयमा कडा कारबाही गर्नुपर्ने राय दिएको छ । यसका साथै बुहदलीय व्यवस्थाको पुनःस्थापना यताका नेता र कर्मचारीतन्त्र भित्रका अकुत स्म्पती कमाउनेहरुको सम्पती छानबिन गर्न अधिकार सम्पन्न उच्च स्तरीय आयोगको माग पनि अघि सारेको छ ।