नेपालको ४० मेगावट बिजुली किन्न बंगलादेश सहमत भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा बंगलादेश खरिद गर्ने सहमत भएको हो ।
भारत सहित नेपाल र बंगलादेशको त्रिपक्षीय बैठक बसी भारतलाई मनाउने र नेपालको बिजुली भारतीय प्रसारण लाइन हुँदै बंगलादेश लैजान बंगलादेश सहमत भएको हो । नेपालबाट भारत हुँदै बंगलादेश विद्युत् निर्यात गरी आउँदो सिजनदेखि पावर ट्रेडिङ सुरु गरिने बताइएको छ ।
दुई देशबीच भएको सचिवस्तरिय बैठकमा बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने सहमति भएको छ भने दुई देश बीच विद्युत् व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
नेपाल र बंगलादेश बीच ४० मेगावाट बिजुली परीक्षण स्वरूप लैजाने सहमति गत वर्ष भदौ मै भएको थियो ।