Advertisement Banner
Advertisement Banner

२९ आइतबार, असार २०८२16th June 2025, 6:20:04 am

भारतीय बाहेकका तीर्थयात्रीलाई कैलाश मानसरोवर खुला

२१ बिहिबार , बैशाख २०८०२ बर्ष अगाडि

छिमेकी राष्ट्र चीनले तीर्थयात्रीलाई कैलाश मानसरोवर जानको लागि खुला गरेको छ । विश्वमहामारी कोरोना भाईरसका कारण लामो समयदेखि बन्द गरिएको कैलाश मानसरोवार खुला गरिएको हो ।

चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला गरेको बताएको छ । कोरोनाका कारण चीनले विदेशीलाई तिब्बत प्रवेशमा लगाएको रोक यस वर्षबाट हटाएसँगै कैलाश यात्रा खुला गरेको हो ।

चीन सरकारले तिब्बतको राजधानी ल्हासा र नेपालको केरुङ नाकाबाट मात्रै कैलाश यात्रीलाई जाने अनुमति दिएको छ । उक्त नाका हुँदै भारतीय बाहेकका तीर्थयात्री तथा पदयात्रीको टोली आगामी साता कैलाश यात्रामा जाने तयारीमा छन् ।