Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल-चीनका सबै नाका सुचारु, चीनले ८० अर्ब आर्थिक सहयोग गर्ने

२० बुधबार , बैशाख २०८०२ बर्ष अगाडि

छिमेकी राष्ट्र चीनसँगको सिमानाका सुचारु भएसंगै नेपालको आर्थिक गतिविधिमा सहयोग पुग्ने भएको छ । गत चैतमा चीनको तिब्बतमा भएको सचिव स्तरिय छलफल पछि २०८० बैशाख १८ गतेदेखि नेपाल-चीनका सबै नाका सुचारु भएको हो ।

सिमानाका खुला भएसँगै व्यापारिक गतिविधि सुरु भएका छन् । कोरोना महामारी र विनासकारी भुकम्पका कारण लामो समयदेखि बन्द रहेको तातोपानी र हिल्सा नाका सन्चालन भएपछि देशको अर्थतन्त्रमा सेवा पुग्नेमा दुई मत देखिदैन । 

त्यसैगरि नेपालले अभूतपूर्व रुपमा झेलिरहेको आर्थिक संकटको बेला छिमेकी राष्ट्र चीनले ८० अर्ब रुपियाँ सहयोग प्रदान गर्ने बताएको छ । उक्त सहयोगले देशको अर्थिक संकटलाई सहयोग पुग्ने विस्वास गरिएको छ । देशको आर्थिक अवस्था दिनप्रतिदिन खस्कदो बाटोतर्फ गईरहेको बेला छिमेकी राष्ट्रले गर्ने आर्थिक सहयोग प्रशंसनिय छ ।

त्यस्तै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन सुरु भईसकेको छ । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले बीआरआई अन्तर्गत छनोट गरेर चीनसमक्ष प्रस्ताव गरेका ९ आयोजनालाई अघि बढाउन सरकारले तदारुकताका साथ काम गर्न सके देशको अर्थतन्त्रलाई केहि हदसम्म सहयोग पुग्ने जानकारहरु बताउछन् ।

अहिले मुलुकले झेलिरहेको आर्थिक संकटलाई समधान गर्ने स्रोतहरु खिइँदै गएको अवस्थामा नेपालका लागि यस्ता आयोजना र आर्थिक सहयोगले देशको अर्थतन्त्र सुधारमा कोशेढुंगाको काम गर्न सक्नेमा कुनै दुइमत देखिदैन् ।