Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

नेपाल-चीनका सबै नाका खुले

१७ आइतबार , बैशाख २०८०२ बर्ष अगाडि

लामो समयदेखि बन्द रहेको नेपाल-चीन सीमानाका आजदेखि खुला गरिएको छ । चीनको तिब्बतमा गत चैतमा भएको दुई देशवीचको सचिवस्तरीय भेटघाटमा भएको सहमतिअनुसार आजदेखि सबै नाका खुला भएको हो ।

आजदेखि नेपाल चीनको सीमानाकाहरु कोदारी, हुम्लाको यारी, मुस्ताङको कोरला, सङ्खुवासभाको किमाथाङ्का, ताप्लेजुङको ओलाङचुङ्गोला खुला भएको छ । त्यसैगरी मुगुको न्याङ्चे, दार्चुलाको व्यास, गोरखाको चुम्नी र डोल्पाको उत्तरी नाकासमेत खुला भएको बताइएको छ ।

यता रसुवाको रसुवागढी नाका केहि समय अघि नै खुला भइसकेको छ ।  अहिले खुलाईएका नाकाहरुमा तातोपानी नाका २०७२ को भूकम्पपछि र अन्य नाका २०७६ फागुनमा कोरोना महामारी देखिएपछि बन्द भएको थियो।