Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

जो बाइडेन फेरि राष्ट्रपति लड्ने

१३ बुधबार , बैशाख २०८०३ बर्ष अगाडि

अमेरिकाका राष्ट्रपति जो बाइडेन आगमी वर्ष २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा फेरि राष्ट्रपति लड्ने घोषणा गरेका छन् । बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने घोषणा गरेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

बाहालवाला राष्ट्रपति बाइडेनले आफूले गर्न खोजेका काम सबै पूरा भईनसकेकाले पुःण अर्को कार्यकालका लागि राष्ट्रपति हुन चाहेको गत मंगलबार एक कार्यक्रममा बताएका थिए । उनले उक्त कार्यक्रममा चार वर्ष पहिले आफु राष्ट्रपति उम्मेदवार हुँदा अमेरिकाको आत्माको लागि लडिरेहको बताएको स्मरण गर्दै अहिले पनि त्यस्कै लागि लड्नु पर्ने अवस्था रहेकोले फेरि अर्काे कार्यकालका लागि लड्ने उद्घोष गरेका छन् ।

यसअघि सन् २०२० को चुनावमा बाइडेनले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएर राष्ट्रपतिमा निर्वाचित भएका थिए । अव हुने निर्वाचन सन् २०२४ मा पनि उनीहरू नै आमनेसामने हुने सम्भावना रहेको बताइएको छ । अहिलेसम्मको इतिहासमा बाइडेन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन् । उनको उमेर आगमी चुनाव लड्ने बेलासम्म ८२ वर्षका हुनेछ । उक्त चुनाव हुनेबेलासम्म ट्रम्प पनि ७८ वर्षका हुने समचारमा जनाइएको छ ।

दुई बृद्ध उमेरका बाइडेन र ट्रम्प फेरि राष्ट्रपति लड्न खोज्दा दुबै जनाको उमेरबारे पार्टीमा समेत बहस भइरहेको बताइएको छ । ४४ प्रतिशत डेमोक्र्याटले फेरि राष्ट्रपति हुन बाइडेन निकै बुढो भएको बताएका छन् भने ३५ प्रतिशत रिपब्लिकनको पनि ट्रम्पबारे यस्तै धारणा राखेको बताइएको छ ।