Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सुडानमा युद्धविरामको सहमति

१२ मंगलबार , बैशाख २०८०२ बर्ष अगाडि

सुडानमा युद्धरत दुई पक्षबीच युद्धविराम गर्ने सहमति भएको छ । युद्धरत सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) विच संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा ७२ घण्टा युद्धविराम गर्न दुवै पक्ष सहमत भएको हो ।

गत सोमवार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ४८ घण्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताएका छन् ।

गतहप्ता देखि प्रारम्भ भएको द्वन्द्वमा परि चार सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा विदेशीहरू पलायन भएको बताइएको छ ।  यसअघि पनि युद्धविरामका प्रयास भएपनि सफल हुन सकेको थिएन् ।

गतहप्ता सुरु भएको युद्धमा चार सय २७ जना मारिएको र तीन हजार सात सयभन्दा बढी घाइते भएको राष्ट्रसङ्घीय निकायहरूले जनाएको छ । युद्धमा खार्तुमस्थित इजिप्सेली दूतावासका प्रशासन सहायक एक कर्मचारीको मृत्यु भएको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको छ । उनी घरफिर्तीको प्रक्रियामा सहभागी हुन दूतावास आउँदै गरेका बेला आक्रमणमा परेका थिए ।

आरएसएफले युद्धविरामको उद्देश्य मानवीय सङ्कट उत्पन्न हुन नदिन तथा देशवासीलाई आवश्यक स्वास्थ्य सेवाका साथै सुरक्षित स्थानसम्मको पहुँच सुनिश्चित गर्न तथा कूटनीतिक नियोगहरूलाई खाली गर्न भनेको बताइएको छ । अहिले जारी युद्धविराममा प्रतिद्वन्द्वी समूह एसएएफले आरएसएफले युद्धविरामको पालना गरे आफूले पनि त्यसलाई मान्ने बताएको छ ।

हिंसा सुरु भएदेखि युद्धग्रस्त राजधानी खार्तुमका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ । उनीहरू खाना र पानीको चरम अभाव झेलिरहेका छन् । बम विष्फोटले पानी आपूर्तिका पूर्वाधार क्षतविक्षत भएका छन् । सुडानीहरू नाइल नदीको पानी पिउन बाध्य भएका छन् । घोषित युद्धविरामले उनीहरूलाई शहरबाट सुरक्षित स्थानतर्फ जान सहज हुनेछ ।  विदेशी सरकारहरूलाई पनि आफ्ना आफ्ना कूटनीतिज्ञ र नागरिकको उद्धार गर्न सजिलो हुने बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुडान हिंसाले देशको सम्पूर्ण क्षेत्र र छिमेकी भूभागमा निम्त्याउन विपत्तिको आगो फैलनसक्ने चेतावनी दिएका छन्। गत आइतबार रातिदेखि सुडानमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । देशबाट हजारौँ नागरिक छिमेकी देशमा पलायन भएका छन् । करिब चार हजार विदेशीले सुडान छाडेको समचारमा बताइएको छ ।