काठमाडौं । चैत २० गते विश्वहिन्दु सम्मेलनमा नेपालमा हिन्दुराष्ट्र र हिन्दुराजा हुनुपर्छ भनेर उत्तर प्रदेशका मुख्यमन्त्रीले अभिव्यक्ति दिएपछि यसबारेमा नेपालका कुनै सत्ताधारी दलले कुनै प्रतिक्रिया दिएनन् तर नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको आलोचना गरेका छन् ।
बिप्लवका अनुसार सार्वभौम राष्ट्रको राजनीतिक स्वतन्त्रतामाथि हस्तक्षेप हुनेगरी आफ्नो भनाई किन राखेको, नेपालको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता र जनभावनामाथि भारतले ठाडो हस्तक्षेप किन गरेको विज्ञप्ति नै निकालेर चर्को आपत्ति प्रकट गरिएको छ ।
सरकाररूपी पिँध तातेन, बिडरूपी नेकपाले निन्दा र भर्त्सर्ना ग¥यो । बिप्लब भन्छन्– मुलुकको राजनीतिक व्यवस्था र धर्मबारे निर्णय लिने अधिकार पूर्णतः नेपाली जनतालाई मात्र रहेको छ । यतिबेला नेपालमा दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था असफल भएको सत्य हो तर यो व्यवस्था पनि भारत, अमेरिकालगायतको निर्देशनमा लादिएको व्यवस्था हो । उनले कडा शब्दमा भनेका छन् ।