Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

परराष्ट्र सचिव पौडेल र चिनियाँ विदेश मन्त्री विच भेटवार्ता

२४ शुक्रबार , चैत्र २०७९३ बर्ष अगाडि

चीन भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेल र चिनियाँ विदेश मन्त्री छिन गाङ विच भेटवार्ता भएको छ ।

बेइजिङमा हुने नेपाल र चीनबीचको कूटनीति परामर्श संयन्त्रको बैठकमा भाग लिन चीन पुगेका परराष्ट्र सचिव पौडेल र  चिनियाँ विदेश मन्त्री विच भेटवार्ता भएको हो । बिहीबार दिउँसो चिनियाँ विदेश मन्त्रालयमा पौडेलसहितको टोलीले गाङसँग भेट गरेको बेइजिङस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

सचिव र विदेशमन्त्री विचको भेटमा नेपाल चीन सम्बन्धलाई थप मजबुद् बनाउदै विकास, सहायता, व्यापार, लगानी र पर्यटनलगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको बताइएको छ।