Advertisement Banner
Advertisement Banner

०१ शनिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

श्रीलंकाको विप्रेषण आयमा बृद्धि

२३ बिहिबार , चैत्र २०७९२ बर्ष अगाडि

लामो समयसम्म आर्थिक संकटमा गुज्रिएको श्रीलंकाको विप्रेषण आयमा बृद्धि भएको छ । आप्रवासी कामदारबाट ५६ करोड अमेरिकी डलर प्राप्त गरेसंगै विप्रेषण आयमा बृद्धि भएको हो ।

गत मार्च महिनामा आप्रवासी कामदारबाट देशका लागि ५६ करोड अमेरिकी डलर प्राप्त भएको श्रम तथा वैदेशिक रोजगारमन्त्री मानुषा नानायक्काराले बताएका छन् ।  

अघिल्लो वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा प्राप्त विप्रेषण ७८.५ प्रतिशतले अधिक भएको पनि मन्त्री नानायक्काराले बताएका छन् । श्रीलंकाको केन्द्रीय बैंकका अनुसार गत जनवरीमा ४३ करोड ७५ लाख, फेब्रुअरीमा ४० करोड ७४ लाख अमेरिकी डलर विप्रेषण देशले प्राप्त गरेको थियो । 

सन् २०२१ मा ५ अर्ब ४९ करोड, सन् २०२२ मा ३ अर्ब ८० करोड डलर विप्रेषण प्राप्त भएको थियो । प्रवासी कामदारले पठाउने रकम नै श्रीलंकाको वैदेशिक राजस्वको प्रमुख स्रोत भएको बताइएको छ ।