भारतले खालिस्तानी विद्रोहीअभियन्ता अमृतपाल सिंहलाई नेपालमा खोजिरहेको छ । रअले नेपालमा हुनसक्ने सूचना दिएपछि खासगरी सिखका गुरुद्वारामा निगरानी बढाएको छ । नेपालगञ्जमा सिखको बसाइ बाक्लो भएकाले नेपालगञ्ज अथवा कृष्णनगरमा हुनसक्ने बताइएको छ । भारतीय दूतावासले खोजिदिन गृहलाई पत्राचारसमेत गरेको छ । अध्यागमन हाकिम झलकराम अधिकारीलाई पनि सचेत हुन भनिएको छ । भारतीय दूतावासले अमृतपाल नेपालमै रहेको ठोकुवा गरेकाले राष्ट्रिय अनुसन्धान पनि सकृय भएको छ ।
नेपालको सिंगो सुरक्षा समूह विमानस्थल, गुरुद्वारा सबैतिर खोज सुरु भएको छ ।
अहिलेसम्म नेपाल प्रहरीले नेपालमा आए नआएको पत्ता लगाउन सकेको छैन । तर नेपालको प्रहरी ज्यादै काविल भएकाले नेपाल छिरेको भए पक्राउ गर्ने पक्का छ ।