युरोपका चार मुलुकका राजदूतहरु जर्मन राजदूत थोमस प्रिन्ज, फिनल्याण्डका रिना हेइक्का, फ्रान्सका गिलेस बोर्बाओ र युरोपियन युनियनका राजदूत नोना डेप्रेज धनगढी हुँदै डोटी र अन्य भागतिर घुमिरहेका छन् । उनीहरुले जनप्रतिनिधिहरुसँगसमेत भेटवार्ता, अन्तरक्रिया गरेका छन् ।
चारै जना राजदूत १८–०–६६५, ७२–सि–डि–३९ र ७२ सि–डी–२ नम्बरको गाडीमा डोटीको बुडर हुँदै नेपालको वस्तुस्थिति बुझ्न, नेपालका प्राकृतिक सौन्दर्य हेर्न र खासगरी धर्मनिरपेक्षताको स्थिति अध्ययनका लागि गएको हुनसक्ने अनुमान गरिएको छ । ती क्षेत्रमा चरम गरिबी रहेको र धर्मपरिवर्तन ज्यादा हुनथालेका समाचार आइरहेका छन् ।