न्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चाइना काउन्सिलले काठमाडौँमा आयोजना गरेको नेपाल–चीन व्यापार मञ्चको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सीमापार कनेक्टिभिटीको आवश्यकतालाई ध्यानमा राखिएको र सरकारले नेपाल–चीन सीमानाका पूर्वाधार सुधार र व्यापार अभिवृद्धिका लागि सुविधा सम्पन्न प्रयोगशाला समेत स्थापना गर्ने लागेको जानकारी दिएका छन् । प्रमले बिभिन्न स्थानमा बन्दरगाह निर्माणलाई तीव्रता दिएको बताएका छन् । नेपालले व्यापार र लगानीमैत्री नीति अवलम्बन गरेको गरेको भन्दै प्रत्यक्ष विदेशी लगानीलाई प्रोत्साहन, प्रवर्द्धन र संरक्षण नीति अंगिकार गरेको समेत बताए । नेपालका लाभदायक क्षेत्रहरु जलविद्युत, औद्योगिक उत्पादन, पूर्वाधार विकास, पर्यटन, कृषि, खनिज, खानी लगायतमा लगानी बढाउन आग्रहसमेत गरेका छन् । लगानीकर्तालाई नेपालमा कमाएको आम्दानी फिर्ता लैजान अनुमति दिनेसमेत बताएका छन् ।
चिनिया कम्पनीहरु नेपालमा लगानी बढाउँदै गएको र अझै लगानी बढाउन अनुरोध गर्दे आवश्यक सहयोग गर्न नेपाल सरकार तैयार रहेको समेत जनाउ दिएका छन् ।