चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय कांग्रेसले सी जिनपिङ तेस्रो कार्यकालका लागि अनुमोदन गरेपछि चीनको सर्वोच्च पदमा आसिन भएपछि उहाँले सेना सशक्त पार्ने घोषणा गर्नुभएको छ ।
यसका साथै चीनको विदेशनीति फेरिने आँकलन हुनथालेको छ । उहाँका प्रारम्भिक कदम अनुसार राष्ट्रपति सी जिनपिङले सेनालाई ‘ग्रेट वाल अफ स्टिल’मा परिणत गर्न चाहेको रुपमा पनि चर्चा हुनथालेको छ । चालु वर्षका लागि सीले रक्षा बजेटमा समेत बढोत्तरी गर्नुभएको छ ।
साउदी अरेबिया र इरानबीच हालै भएको सम्झौतापछि राष्ट्रपति जिनपिङको प्रतिक्रियालाई निकै महत्वको मानिएको छ । ६९ वर्षीय जिनपिङले चिनियाँ संसदमा भनेका छन्– “मैले तेस्रोपटक राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै छु ।
जनताको विश्वास नै मेरो लागि सबैभन्दा ठूलो प्रेरणा हो । यही कुराले मलाई अगाडि बढ्न प्रेरित गर्छ । तर, यसले मेरो काँधमा ठूलो जिम्मेवारी पनि राख्छ ।” देशको सार्वभौमसत्ता, सुरक्षा र विकाससँग सम्बन्धित हितको पूर्ण तत्परताका साथ रक्षा गर्ने सेनालाई “विकासको आधार सुरक्षा हो, स्थायित्व भए मात्र समृद्धि आउँछ ।” ‘चिनियाँ सेनालाई ग्रेट वाल अफ स्टिल’ बनाउनुपर्छ ।
विश्वका पर्यवेक्षकहरु भन्छन्– पहिलेका चिनियाँ सम्राटहरुले चीनको सुरक्षाका लागि ग्रेट वाल बनाएका थिए, अब सेनालाई ग्रेटवाल अफ स्टिल बनाउने कुराले विश्वभरि चर्चा बढेको छ । अमेरिकाको केही मुलुकसँग तनाव र बहस चर्किरहेका बेलामा चीनको यो भनाईले ठूलै महत्व पाएको देखिन्छ ।
स्मरणीय छ, गत वर्षको अक्टोबरमा सी तेस्रोपटक चिनियाँ कम्युनिष्ट पार्टीको अध्यक्षमा निर्वाचित भएका थिए । माओपछि पाँच वर्षको दुई कार्यकालभन्दा बढी पद पाउने सी पहिलो नेता हुन् । चीन आफ्नो सुरक्षाका लागि अमेरिकाको हस्तक्षेपलाई रोक्न चाहन्छ । ताइवानलाई अभेद्य किल्ला बनाउन चाहन्छ ।
नेपालबाट समेत कुनै पनि विदेशीले चीनविरुद्ध केही गर्न नसकोस् भन्ने सुरक्षा चाहन्छ । यही उद्देश्यपूर्तिका लागि चीनले रक्षा बजेटमा ७.२ प्रतिशतले बढाएको देखिन्छ ।