Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

थाइ राजाको छोरी दुई तारे जर्नेल

३० मंगलबार , फाल्गुण २०७९३ बर्ष अगाडि

थाइल्यान्डका राजाले छोरीलाई दुई तारे जर्नेल बनाएका छन् ।

उनी पेरिसबाट अध्ययन गरेर फेसन डिजाइनर का रुपमा रहेकी छिन् । राजकुमारी श्रीवन्नाभारी नारीरत्न राजकन्या शाही थाइ सेनाको मेजर जनरल बनेकी छन् । राजा महा वजिरलंगकर्णले अप्रिल १ देखि लागू हुनेगरी ३६ वर्षीया छोरीलाई सेनामा नियुक्त गरेको राजपत्रबाट प्रमाणित गरिदिएका छन् ।
पटक पटक राजकुमारी सिरीले आफू दरवारभित्र बसिरहने युवती नभएको बताएकी थिइन् । त्यतिबेलै उनी कतै न कतै सक्रिय रहने अनुमान गरिएको थियो ।

सिरी राजकुमारी भएर पनि काम गर्नसक्ने प्रमाणित गराएर प्रेरणा बन्न चाहन्थिन् ।  अब उनले अर्को जिम्मेवारी पाएकी छिन् ।