Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

स्वास्थ्य शिविर सम्बन्धको सेतु

२९ सोमबार , फाल्गुण २०७९३ बर्ष अगाडि

नेपाल पाकिस्तान सम्बन्ध गाँसिएको अवसरमा स्वास्थ्य शिविर सञ्चालन भएको छ । मैत्री दिवसको अवसरमा काभ्रेको पाँचखालमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । नेपालस्थित पाकिस्तानी दूतावास र नेपाल–पाकिस्तान मैत्री सांस्कृतिक संघको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
पाँचखाल नगरपालिकास्थित भविष्य उज्जवल प्राथमिक विद्यालयमा सेवा सञ्चालन गरिएको थियो । हरेक वर्षझैं यसवर्ष पनि सेवा सञ्चालन गरियो । शिविरको उद्घाटन नगरप्रमुख सूर्यमान दनुवारले गरेका थिए भने नगरप्रमुखले १७ औं मित्रता दिवसको अवसरमा पाकिस्तानले आयोजना गर्ने गरेको शिविरको खुलेरै प्रशंसा गद्र्रै्र यस्ता शिविरले ग्रामीण क्षेत्रका बसोबासीलाई राहत पुग्ने उनको विचार थियो । यस्ता शिविरका कारण नेपाल पाक मैत्री सम्बन्ध जनजनमा फैलिदै गएको छ । स्मरणीय छ–
पाकिस्तानले हरेक वर्ष डाक्टर अध्ययनका लागि विद्यार्थीहरुलाई छात्रबृत्ति दिने गरेको छ ।