Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

तिब्बती क्याम्पमा स्वतन्त्र तिब्बतको धुन बजाएर लाेसार पर्व

१३ शनिबार , फाल्गुण २०७९३ बर्ष अगाडि

नेपालस्थित दलाई लामाको निर्वासित सरकारकाे दुताबासकाे संयाेजनमा र नेपालस्थित अमेरिकी राजदूत मि. डिन थाेम्सन, स्विस राजदूतकाे उपस्थितिमा २३ फेब्रुअरी २०२३का दिन जाउलाखेलस्थित तिब्बती शरणार्थी क्याम्पमा स्वतन्त्र तिब्बतको राष्ट्रिय धुन बजाएर भब्यताका साथ लाेसार पर्व मनाइएको छ। उक्त कार्यक्रममा अमेरिकी राजदूत, स्विस राजदूत, मानवअधिकार प्रतिष्ठानका भवानी खरेल लगायतका पदाधिकारीकाे उपस्थिति थियो। नेपाल प्रहरीकाे सुरक्षा घेरामा कार्यक्रम अायाेजना गरिएको थियो। अमेरिकी राजदूत झण्डै दुई घण्टा बढी समय उक्त कार्यक्रममा सहभागी भएका थिए। यसैगरी, २४ फेब्रुअरी २३ का दिन स्राेङत्सेन भृकुटी बाेर्डिङ स्कुल बाैद्धमा नेपाली काँग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्व युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीकाे प्रमुख अातिथ्यता र दलाई लामाको निर्वासित सरकारका नेपालस्थित राजदूत सेप्री लाेपान टुल्कु नवाङ चाेकडुपकाे सभापतित्वमा स्वतन्त्र तिब्बतकाे निर्वासित सरकारले एक चीन विरोधी राष्ट्रिय गान बजाएर नेपाल प्रहरीको सुरक्षा घेरामा एक कार्यक्रम सम्पन्न गरेको छ। नेपाल सरकारले अवलम्बन गर्दै अाएकाे परराष्ट्रनीति र एक चीनको नीतिप्रतिकाे प्रतिबद्धता विपरीत नेपालकाे राजधानी काठमाडौंमा सरकारकाे समर्थन र संरक्षणमा खुल्लमखुल्ला चीन विरोधी गतिविधि हुन दिएकाे घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। साथै, यस्तो गतिविधिकाे घाेर भत्सर्ना तथा निन्दा गर्दछौं। यस्ता गतिविधिले नेपाल-चीनबीचकाे घनिष्ट मैत्रीपूर्ण सम्बन्धमा गम्भीर अाघात पार्ने हाम्रो बुझाइ छ। नेपालमा निरन्तर भइरहेको यस्ता एक चीन विरोधी गतिविधि अविलम्ब राेक्न साथै यस्ता गतिविधिमा संलग्नलाई कार्वाही गर्न नेपाल सरकारसँग जाेडदाररुपमा माग गर्दछौं। खासगरी, नेपालमा नेपाली काँग्रेसका र नेकपा माअाेवादी केन्द्र नेतृत्वको सरकार भएको समय चीन विरोधी खुला गतिविधि हुने गरेको यथार्थलाई पुनः स्मरण गराउँछाैं। अध्यक्ष नेपाल-चीन पारस्परिक सहयोग समाज