काठमाडौं । ओली र प्रम प्रचण्डवीच आज निर्णायक वार्ता हुनेछ । ओलीले यो गठबन्धन तोडिने संकेत गरिसकेका छन् । कांग्रेसी उमेदवार राष्ट्रपति बनाएर पुरानो ५ दलीय गठबन्धन ब्यूँतिने दावी कांग्रेसको छ । ५ दलीय गठबन्धन ब्यूँतिएर यो सरकार ढल्यो भने राजनीतिले यू टर्न लिनेछ ।
यसअघिमाओवादी, नेकपा स र जसपाको बैठकले माधव नेपाललाई राष्ट्रपति बनाउने सहमति गरेको छ । उपराष्ट्रपतिमा जसपाको चयनमा सहमति जनाउने आश्वासन दिइएको छ ।
आज प्रधानमन्त्री र एमालेवीचको बैठकले यो विषयको टुङ्गो लाग्नेछ ।
कुनै दुर्घटना भएन भने कांग्रेसका रामचन्द्र पौडेल वा अन्य उमेदवारले मौका पाउने छैनन् ।
नेकपा स ले नेकपा ब्यूँताउने निर्णय गर्नुपर्ने छ ।