२०७२ साल वैशाख १२ को महाभूकम्पले सिन्धुपाल्चोकको नाम्डोललिङ बस्ती पूरै ढल्यो । त्यो गाउँका ६२ परिवारलाई उद्यमी विनोद चौधरीको चौधरी फाउण्डेसनले निर्माण गरिदिएको यो गाउँ साह्रै रमणीय बनेको छ । अब यी नाम्डोललिङवासीलाई भूकम्प, घामपानी, ठिहिरीको कुनै चिन्ता रहेन । हरेक उद्यमी, व्यापारी, अर्व–खर्बपति सांसद, नेताले यसैगरी उजाड बस्ती बस्तीको निर्माण गरिदिएको भए, देश समृद्ध र शान्तिमय हुन कति समय नै लाग्ने थियो र ?