राष्ट्रपतिको निर्वाचन पूर्व अमेरिकी र भारतीय पदाधिकारीले नेपाल भ्रमण गरिरहेका छन् । माक्र्सवाद र माओवादको गठबन्धन भत्काउन तुरुपका रुपमा कांग्रेस अघि बढेको छ, विश्वशक्तिले भूमिका खेलेका छन् ।
पश्चिमाले प्रजातन्त्रवादी राष्ट्रपति बनाए संक्रमणकालीन न्याय र आर्थिक सहायतामा सुविधा दिनेसम्मको दबाब दिइरहेका छन् । यही सिलसिलामा प्रम प्रचण्डले अमेरिका भ्रमणको निम्तोसमेत पाएका छन् । निम्तो बंगलादेश र भारतबाट पनि आएको छ ।
मुख्य सवाल भारतका विदेश सचिवको नेपाल भ्रमण किन ? भन्ने हो । यो भ्रमणमा क्वात्राले प्रम प्रचण्डसँग २ घण्टा गोप्य बैठकमा के भनेर गए ? यो रहस्यमय बनेको छ । अब राष्ट्रपतिको बल माओवादी कोर्टमा पुगेको छ । एमाले सशंकित भइसकेको छ । जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसदमै राष्ट्रपतिको निर्वाचनमा विश्वशक्तिले खेलेको बताइसकेका छन् ।