काठमाडौं । फागुन ३ गतेको संसदमा राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले राष्ट्रपतिको चुनावका विषयमा शक्तिराष्ट्रहरु नै भिडन्त गर्न थालेको बताएका छन् । यतिसम्मको प्रत्यक्ष हस्तक्षेप नेपालको राजनीतिमा कहिले पनि भएको थिएन ।
बुधवार केसीले संसदमा बोल्दै यस्तो आरोप लगाएका हुन् । उनीहरुको स्वार्थअनुकूल राष्ट्रपति चुन्नुपर्ने अवस्था आयो । यसले नेपालको स्वाभिमान नेपालको राष्ट्रियता र सार्वभौम अखण्डतामा आच आयो । आकार सानो, ठूलो भए पनि सार्वाभौमिकता बराबर हुनपर्ने थियो ।