काठमाडौं । भारतीय विदेशसचिव मार्फत भारतका प्रधानमन्त्री मोदीको निम्तो आयो । सुरुमा बंगलादेशकी प्रधानमन्त्री, अमेरिकी राष्ट्रपतिपछि भारतका प्रधानमन्त्रीको निम्तो आएको हो ।
२ अमेरिकी अधिकारीको भ्रमणपछि भारतीय विदेश सचिव निम्तो बोकेर नेपाल आएका हुन् । उनलाई राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रदेखि हरेक ठूला मन्त्री र दलका नेताले दर्शनभेट गर्दैछन् ।
क्वात्रा यसअघि नेपालका लागि राजदूत थिए, विदेश सचिवमा नियुक्त भएका हुन् । भन्नलाई परराष्ट्रसचिव भरतराज पौड्यालको निमन्त्रणा भनिएको छ, सचिव स्तरमा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य र संस्कृतिलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तामा नेपालले हवाई प्रवेश अनुमति, पञ्चेश्वरको डिपिआर, सीमा वार्तालगायत विषयले प्रवेश पाउने एक अधिकारीले बताएका छन् । विज्ञप्तिअनुसार यो नियमित भ्रमणको सिलसिला भएको बताइएको छ ।