Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

दक्षिण कोरियाको राष्ट्रिय दिवस सम्पन्न

१९ मंगलबार , आश्विन २०७२११ बर्ष अगाडि

Korean Embassy Hosts Reception on Korean National Dayकोरियाली राजदूतावास र महामहिम राजदूत छे योङ जिनले राजधानीमा भव्य जलपानको आयोजना गरेर कोरियाको राष्ट्रिय दिवस मनाइएको छ। यो कार्यक्रमको मुख्य अतिथि थिए उपराष्ट्रपति परमानन्द झा। कार्यक्रममा अर्थमन्त्री, पर्यटन मन्त्रीलगायतका मन्त्रीहरु, सभासदहरु, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्री, सेनाका अन्य दर्जाका पदाधिकाकारी, प्रशासनिक ओहदाका पदाधिकारी, कूटनीतिक नियोगहरुका राजदूतहरु र कूटनीतिज्ञहरु, व्यापारीक समुदाय, पत्रकार र कोरियाली नागरिकहरुको भव्य उपस्थिति थियो।

यसपटकको कोरियाको राष्ट्रिय दिवसको मुख्य आकर्षण थियो– कोरिया र नेपाली विद्यार्थीहरुले दुबै सामुहिक रुपमा दुवै मुलुकका राष्ट्रिय गानको गायन। उनीहरुलाई नेपाली सेनाको विशेष व्याण्डले साथ दिएको थियो। कोरियाली महामहिम राजदूतले टोस्ट प्रस्ताव गरेर नेपाल र कोरियाको मैत्री अमर रहोस् भनेर प्रस्ताव गरेपछि कर्तल ध्वनीका साथ खुशीयाली मनाइएको थियो।
यस अवसरमा सप्ताहव्यापी कोरियाली फिल्म महोत्सव र तेस्रो कोरियाली वक्तृत्वकला प्रतियोगिता हुनेछ। यसअघि पनि दक्षिण कोरियाली दूतावासले फुड फेस्टिभल लगायतका कार्यक्रम सम्पन्न गरिसकेको छ।