Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राजदूत अधिकारी र कानून राज्यमन्त्रीवीच भेट

११ बुधबार , माघ २०७९३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तान सरकारको कानून तथा न्याय मन्त्रालयका राज्यमन्त्री शाहदत अवानसँग भेटवार्ता गरेका छन्। गत बुधबार राज्यमन्त्री अवानको इस्लामावादस्थित कार्यकक्षमा भएको भेटमा नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र यसलाई थप सुमधुर बनाउने उपायबारे छलफल भएको राजदूत अधिकारीले सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेका छन्।
यो भेटवार्तामा दुई देशबीचको संसदीय सहकार्यबारे पनि छलफल भएको राजदूत अधिकारीले जनाएका छन्।