पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफका विदेश मामिला सहायक सैयद तारिक फोतमीबीच भेटवार्ता भएको छ ।
यो भेटवार्तामा नेपाल–पाकिस्तानबीच द्विपक्षीय सम्बन्ध र सम्वन्धलाई अझ घनिस्ट कसरी बनाउन सकिन्छ भन्ने बारेमा छलफल भएको छ । राजदूत अधिकारीका अनुसार भेटका क्रममा सार्कबारे पाकिस्तानी चासो र चिन्ता प्रकट भएको थियो ।
‘भेटमा दक्षिण एसिया क्षेत्रमा क्षेत्रीय सहकार्य र दक्षिण एसियाली सहयोग संगठन सार्कलाई कसरी प्रभावकारी बनाउने सकिन्छ भन्ने विषयमा छलफल भयो, राजदूत अधिकारीले भेटका बारेमा बताए । राजदूत अधिकारीका अनुसार ‘फातेमीले अन्तिम समयमा आएर इस्लामावादमा हुने भनिएको सार्क सम्मेलन रोकिएकोमा दुःख समेत व्यक्त गर्नुभयो।’
सार्कलाई भारतका कारण प्रभावहीन बनाइएको छ । भारत सार्कलाई मरेतुल्य बनाएर बसेको छ । सचिवालय नेपालमा छ, नेपालले सार्कलाई पुनःप्रभावकारी बनाउन सकेको छैन । नेपाल आफै राजनीतिक अन्तरद्वन्द्वमा फसेको छ । सरकार र पार्टी नेतृत्व भारतप्रति बढी लम्पसारवादी भइदिंदा पनि सार्क बेहोस् भएर लड्न पुगेको हो ।