Advertisement Banner
Advertisement Banner

०२ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बीआरआईबारे चीनविज्ञका विचार

१८ सोमबार , पौष २०७९२ बर्ष अगाडि

मदन रेग्मी– नेपाल र चीन विच जलविद्युत् किनवेचको सम्झौता धेरै बर्ष अघि भएको हो । नेपाल सरकारको कमजोरी ले गर्दा यो सम्झौता कार्यान्वयन हुन सकेको छैन र विगतका सरकारहरुको नीति चीनले कुनैपनि जलविद्युत आयोजनामा हात नहालोस् भन्नेतिर परिलक्षित छ । यस्तो नीति ले गर्दा नेपाल को जलविद्युत् शक्ति एउटै देशको निगाहमा वेचिने गरेको छ जो नेपालको सुरक्षा र विकासको लागि बाधक भएको छ । यश सन्दर्भमा हामीले याद गर्नुपर्ने के छ भने चीनवाट विद्युत किन्न र वेच्न कुनै अप्ठ्यारो र गा¥हो छैन किनभने चीनको केन्द्रीय प्रसारण लाईन नेपालको सिमाना नजिकैको चीनको गाउँहरुसँग जोडिएको छ । यसको फाईदा नेपाल सरकारको वेठिक नीति ले गर्दा नेपालले लिन सकेको छैन । यो सरकारले यसतिर अबिलम्व ध्यान देओस । चीनको द्यच्क्ष् अन्तरगत नेपाली लाई फाइदा हुने, कुनै खतरा नहुने थुप्रै योजनाहरु वनाउन सकिन्छ । पाकिस्तान मा द्यच्क्ष् अन्तरगत ४० अरव अमेरिकी डलर खर्च लाग्ने थुप्रै आयोजनाहरु वन्दै गैरहेका छन । वंगलादेशले पनि यसै अन्तरगत  चीनले ठुलै लगानी गरिरहेको छ । श्रीलंकामा विदेशी लगानीको १०% मात्र द्यच्क्ष् अन्तरगत चिनियाँ लगानी भएको थियोे । १२÷१५ बर्षको गृहयुद्ध, आतंकवादी हमला, कोभिडले गर्दा अन्य कुनै पनि देशले लगानी गरेको योजनाहरु सम्पन्न हुन सकेन । त्यहाँको सरकारसँग आफ्नो भाग लगानी गर्ने रकम नै भएन । चीन विरोधीहरुले चीनको बिआरआई अन्तरगतका योजनाहरुलाई  ‘चीनको ऋणको पासो’ भन्ने हल्ला फिजाए । तर यथार्थ के हो भने श्रीलंकाले योजनाहरु छान्दा गल्ती गरेकै हो । हेक्का रहोस् श्रीलंकाले अहिले पनि टाट उल्टेको अर्थतन्त्रलाई उकास्न चीन, भारत, अन्तर्राष्ट्रिय वित्त संस्थाहरुवाट ऋण लिईरहेछ ।
प्रेमसागर पौडेल– बिआरआई लगायतका रणनीतिक विषयमा नेपालसँग सहकार्य गर्न चीन तयार भएको जानकारी प्रवक्ता माओ निङ्ले दिएकी छिन् । लामो समयको नेपाल–चीन सम्बन्धलाई आफूहरुले महत्वका साथ हेरिरहेको भन्दै उनले चीनले नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्ने बताइन् । र, ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको छ । चीनले प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै दुई देशबीच रणनीतिक सहकार्य र समन्वयका लागि चीनको अपेक्षा रहेको बताइन् । चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको र विकास तथा समृद्धिका लागि चिरस्थायी मित्रता कायम रहोस् भन्ने चाहेको पनि बताइन् ।