Advertisement Banner
Advertisement Banner

०२ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बिआरआई लगायतका रणनीतिक विषयमा नेपालसँग सहकार्य गर्न चीन तयार

१३ बुधबार , पौष २०७९२ बर्ष अगाडि

चीनको विदेश मन्त्रालयले नेपालको नयाँ सरकारसँग ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको बताएको छ ।

सोमबार चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता माओ निङले बिआरआईलगायतका रणनीतिक विषयमा सहकार्य गर्न चीन तत्पर रहेको बताएकी हुन् ।

लामो समयको नेपाल–चीन सम्बन्धलाई आफूहरुले महत्वका साथ हेरिरहेको भन्दै उनले चीनले नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्ने बताइन् ।

उनले पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिँदै दुई देशबीच रणनीतिक सहकार्य र समन्वयका लागि चीनको अपेक्षा रहेको बताइन्। उनले चीनले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको र विकास तथा समृद्धिका लागि चिरस्थायी मित्रता कायम रहोस् भन्ने चाहेको पनि बताइन् ।

@danfe