Advertisement Banner
Advertisement Banner

०२ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भूपू बरिष्ठहरू किन हण्डी खान्छन् ?

२४ सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

काठमाडौं । चुनावमा उठ्नैपर्ने मुद्दा थियो– भूपू बरिष्ठलाई आजन्म मासिक भत्ता, आवास सुविधा, सुरक्षा, सवारी साधन, इन्धन, निजी सचिवालय र वर्षेनी आर्थिक सहायता राज्यले किन दिनुपर्ने ?
संसद नहुँदा पनि सभामुख, उपमुखलाई तलब, भत्ता र पदाधिकारीलाई सरकारी साधन, कामुलाई प्रधान न्यायाधीशको पेन्सन र सुबिधा दिनु भ्रष्टाचार हो । देश बनाउँछु, जनताप्रति जिम्मेवार हुन्छु भनेर पदासीन हुने अनि अवकाश पाउनासाथ राज्यदोहन गरेर बाँच्ने ? एकाध कमजोर होलान्, २०४६ पछि जो बरिष्ठ बनेका छन् ती सबै अर्वपति छन् भने तिनलाई राज्यले पञ्चदेवलको हण्डी बाँडेजसरी राज्यकोषले किन पालिरहनु पर्ने ? अमेरिकामा ३ सय भीआइपी छन्, नेपालमा ४८ सय पुगिसके । यो सबै भ्रष्टाचार बढाउने कारण हुन् । यो चुनावमा यी सबैको हिसाव खोजिएला ?