Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कोरियाली सांस्कृतिक सप्ताहको प्रतिक्षा : धर्मरत्न श्रेष्ठ

११ सोमबार , आश्विन २०७२११ बर्ष अगाडि

केही महिना अघि नेपालमा कोरियाली फुड फेस्टिभलसमेत भयो। संस्कृतिको धनी मुलुक दक्षिण कोरियाले यसपटक सांस्कृतिक सप्ताह नै मनाउने भएको खबर छ। आगामी शनिवारदेखि बुधवारसम्म हुने सांस्कृतिक सप्ताहका लागि कोरियाबाट कलाकारहरु आउन थालिसकेका छन्। आयोजक कोरियाली दूतावास यो सांस्कृतिक सप्ताहलाई भव्य पार्न जुटेको छ।  यो सप्ताहमा ११औं कोरियाली फिल्म प्रदर्शनी, नेपाली र कोरियाली बालबालिकावीच सामुहिक चङ्गा उडाउने प्रतियोगिता, बकृत्वकला प्रतिस्पर्धालगायतका विभिन्न कार्यक्रमहरु आयोजना गरिनेछ। यो कार्यक्रमले नेपालीहरुमाझ कोरियाली संस्कृतिको अनुभव बटुल्ने अवसर दिने विश्वास गरिएको छ।
त्यसो त झण्डै ३२ हजारभन्दा बढी नेपाली युवायुवतीहरुलाई कोरियाले रोजगारी दिएको छ। यसपटक पनि इपीएसको भाषा परीक्षा भइसकेको छ र यसको नतिजा प्रकाशन भएपछि झण्डै ७ हजार युवायुवतीले क्रमसः कोरिया जाने र रोजगारीको अवसर पाउनेवाला छन्। प्रष्ट कुरो के पनि छ भने कोरिया नेपालीका लागि आकर्षक वैदेशिक रोजगारीको मुलुक हो भने कोरियामा नेपाली कामदारहरुले कुनै समस्या भोग्नु परेको छैन। हालैमात्र २ वर्षका लागि श्रम सम्झौतामा हस्ताक्षर भइसकेको छ र पछि कट्टा हुनेगरी फ्रि भिसा र टिकट दिने नेपाली पक्षको मागप्रति कोरियाले सहृदयतापूर्वक विचार गर्ने वचन पनि दिएको छ। यी अनेक कारणहरुले गर्दा नेपाल–कोरियावीचको मैत्री सम्बन्ध झन झन प्रगाढ भएर जाादो छ। नेपालका कोरियाको कुनै राजनीतिक स्वार्थ देखिदैन। तर फिफाको अध्यक्षको चुनाव २६ फेब्रुअरी २०१६ मा हुादैछ। र कोरियाले पनि उमेदवारी दिएको छ। उपाध्यक्ष चुङ मोङ जुनले अगस्त १७, २०१५मा आफ्नो उमेदवारी घोषणा गरेका हुन्। यो चुनावमा नेपालले कोरियाको समर्थन गरोस् भन्ने कोरियाले अपेक्षा राखेको बुझिन्छ। यद्यपि कोरियाले अझै लविङ तीब्र पारिसकेको छैन।