चीनले डोक्लामबाट भारतीय सेना हट्न बाध्य पा¥यो । हामीले हटाउ भनेनौं, भारतले कालापानीबाट सेना हटाएन । उल्टै कालापानी, लिपुलेकमात्र होइन, काली नदीको उद्गम लिम्पियाधुरासमेत आफ्नो नक्सामा हाल्यो, शासन स्थापित ग¥यो । नेपाल, चीन, भारतबीचको त्रीदेशीय बिन्दु लिम्पियाधुराबारे चीन बोलेको छैन । लिपुलेकबाट व्यापार गर्न अग्रसर छ । नेपालको गठबन्धन सरकार, समाजवादी, जनवादी, प्रजातन्त्रवादीहरू मंसिर ४ को चुनाव नगिचिदै गर्दा भत्ता बढाउन तैयार छन्, नेपालको सीमा अतिक्रमणबारे बोल्न तैयार छैनन् ।