Advertisement Banner
Advertisement Banner

०२ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

पार्क चुङ हेबाट किन नसिक्ने ?

२० सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

Park Chung-hee (Korean:  14 November 1917 – 26 October 1979) was a South Korean president and military general who led South Korea from 1961 until his assassination in 1979. Park seized power through a military coup d'état that overthrew the Korean Second Republic in 1961 and ruled as a military strongman at the head of the Supreme Council for National Reconstruction until his election and inauguration as the President of the Korean Third Republic in 1963. In 1972, Park declared martial law and recast the constitution into a highly authoritarian document, ushering in the Korean Fourth Republic. After surviving several assassination attempts, including two operations associated with North Korea, Park was eventually assassinated on 26 October 1979 by Kim Jae-gyu, the chief of his own security services. He had led South Korea for 18 years.
इतिहासबाट जसले शिक्षा लिन्छ, उसले वर्तमानमा गल्ती गर्दैन र भविष्यको  बसन्तमार्ग पहिल्याउन सक्छ । कोरिया पनि वर्तमान नेपालजस्तै युवालाई विदेश पठाएर रेमिटान्सबाट अर्थतन्त्र चलाउने मुलुक बनेको थियो तर सन ६० को दशकमा तव कोरियाको भाग्योदय भयो, जब पार्क चुङ हेजस्ता देशभक्त र कोरियाली जनताको अपेक्षालाई बुझ्ने नेता पायो । हुन त उनी सैनिक थिए, १९५० देखि ५३ सम्मको भीषण युद्धको बलीबेदीमा ३० लाख कोरियाली खरानी भए, त्यसपछि एक कोरिया विभाजित भयो । उत्तर र दक्षिण कोरियाका रूपमा । त्यो चिहान बनेको कोरियामा युवाहरू बेरोजगार हुनपुगे । उनीहरू विश्वका जर्मनजस्ता सम्पन्नमात्र होइन, बिपन्न भारतमा समेत काम गर्न आइपुगे । यस्तै अराजकता र पुननिर्माणको संकटमा गुज्रिरहेको दक्षिण कोरियामा पार्क चुङ हे सैनिक शासक बनेर निस्किए । कोरिया बनाए, बचाए ।
यिनै पार्क चुङ हुन् जसले रोजगारीमा विदेश गएका व्यक्ति र युवाहरूलाई देशमा फर्कन आह्वान गरे । जसले कृषि र बजारीकरण, निर्यातमा निश्चित सीमा तोकिदिए । नीतिगत समस्या केही रहन दिएनन् र दिनसकिने सुविधाको ढोका खोलिदिए । वैदेशिक रोजगारीमा गएका युवा र कम्पनीहरू धमाधम स्वदेश फर्कन लागे, जो विदेशमा थिए, उनीहरूले स्वराष्ट्रको उन्नति र आत्मनिर्भरताका लागि गर्न सकिने सबै सम्भाबनाहरू पूरा गर्न जुटे । पार्कको समय कृषि र औद्योगिकीकरणको स्वर्णयुग पनि मानिन्छ, जुन युगको सुत्रपातका कारण, जगका कारण आज सम्पन्न दक्षिण कोरियाको महल खडा भएको छ । सन १९१० देखि १९३५ सम्म जापानको उपनिवेश रहेको कोरियाली भूमि, कोरियाली महिला (कम्फर्ट गर्ल) को मुद्दाले आज पनि प्रत्येक कोरियालीको मन कटक्क काट्छ र जापानलाई जसरी पनि जित्नुपर्छ भन्ने भावनाका साथ अघि बढेको छ ।
त्यस्तो मुलुकले नेपालमा राजदूतका रूपमा पार्क चोङ सुक (The Ambassador of Republic of Korea H.E. PARK Chong-suk  ) लाई पठाएको छ, जो नेपाल आएको केही समयमै नेपाल सरकारका मन्त्री, उद्यमी व्यापारीहरूस“ग अन्तरक्रिया गरिरहेका छन् र भन्छन् ः मेरो उद्देश्य नेपाल र दक्षिण कोरियाको सम्बन्धलाई अझ मजबुत पार्नु हो । राजदूतकै शव्दमा"Since the establishment of diplomatic relations in 1974, Korea and Nepal have been actively engaged in exchanges and cooperation in various fields.Recently, substantial cooperation between the two countries has been strengthened. Especially in the field of development cooperation, as Nepal is one of Korea's key partners of aids on grant and credit, there are many projects carried out by KOICA's Nepal office, and numerous Korean NGOs. They are contributing to the development of Nepal in social and industrial sectors such as education, technology, health care and agriculture. Korea's performance in the construction of infrastructure, including hydroelectric power plants, is also drawing attention
Regarding human interactions, the number of visitors between the two countries is increasing noticeably. Since the introduction of the Employment Permit System(EPS) in Nepal from 2007, more than 60,000 Nepali workers have worked in Korea and contributed to Korea's economic development. After returning to Nepal, these workers have been active in many fields, leading Nepal's development. Also, about 30,000 Korean tourists visit Nepal every year for trekking and pilgrimage to Buddhist sanctuaries, and it is expected that active exchanges will continue in the future."
आज दक्षिण कोरिया नेपाली युवाहरूको सबैभन्दा आकर्षक वैदेशिक रोजगारीको गन्तव्य बनेको छ । झण्डै ४२ हजार नेपालीले कोरियामा काम गरिरहेका छन् । जानका लागि इपीएस परीक्षा दिइरहेका छन् । नेपाली युवाको उत्साहलाई ध्यानमा राखेर यो संख्या बढाउन राजदूत महोदयले सकारात्मक जवाफ दिएको खबर छ ।
हो, वर्तमान अवस्थामा भारतमा समेत गरेर ६२ लाखभन्दा बढी नेपालीहरू विदेशमा काममा छन् । कुन देशमा कति युवायुवती छन्, नेपाल सरकारलाई अत्तोपत्तो छैन । कुन नेपालीले के रोजगारी गर्छन्, कस्तो शीप सिकिरहेका छन्, कति कमाइरहेका छन्, गैरकानुनी मार्गबाट कति रेमिटान्स भित्रिरहेको छ, त्यो समेत सरकारलाई थाहा छैन । रेमिटान्स उत्पादनमुख िकार्यमा नलागेकोमा समेत सरकारलाई कुनै चिन्ता र चासो छैन ।
र, वैदेशिक रोजगारमा गएकाहरूमध्ये खासगरी खाडी मुलुकबाट प्रत्येक दिन चारभन्दा बढी लाशहरू नेपाल आइरहेका छन् । किन विदेशमा यसरी नेपाली मरिरहेका छन् ? विदेशस्थित नेपाली मिसन र श्रम सहचारीहरू  रोजगारीमा गएका युवायुवतीहरूको शोषण  गर्छन् । श्रम शोषण, यौन शोषण, सामान्य गल्तीमा जेलमा राख्ने गरेको बारेमा पनि सरकार आ“खा चिम्लेर बसेको छ ।
अव समय आयो, विदेशमा गएका युवायुवती, प्रौढहरूलाई स्वदेश फर्कन आह्वान गर्ने । स्वदेशमै गरेर खान पाइन्छ भन्ने प्रत्याभूति दिने, नेपालमै उद्यम गर्नेलाई कानुनी र अन्य सुविधा दिने घोषणा गर्ने बेला भयो । करमात्र उठाउने र भ्रष्टाचारमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । यस्तो राजनीतिले देश बन्दैन, कहिल्यै अगाडि बढ्दैन ।
यसकारण पार्क चुङ हेजस्तो स्पष्ट अवधारणा र दृष्टिकोण भएको देशभक्त नेता अगाडि आउनुप¥यो । धेरै ग¥यौ भ्रष्टाचार, धेरै चलायौ सरकार, धेरै देखायौ नातावाद । एकपटक देशभक्ति देखाएर पार्कजस्तै अमर हुने काम गर्ने नेता देखिनुप¥यो । बंगलादेशका मुजिबर रहमान मरेपछि उनको शरीरमा फाटेको पेटीगन्जी र बैंकमा न्यूनतम ब्यालेन्समात्रै भएको देखेर बंगलादेशवासीलाई आश्चर्यमा पारेको थियो । आज पनि बंगादेशीहरू त्यस्तो नेताको नाम लिएर गर्ब अनुभव गर्छन् । नचाहिने कुराको नक्कलमात्र गर्न जान्ने हाम्रा नेताहरूले पनि एकपटक पार्क चुङ हेजस्ता नेताको अनुकरण गर्ने इच्छाशक्ति देखाए हुने ।