Advertisement Banner
Advertisement Banner

१९ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

राजदूत श्रेष्ठले बुझाए महानिर्देशक होंग ललाई ओहोदाको प्रमाणपत्र

२३ सोमबार , श्रावण २०७९४ बर्ष अगाडि

चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले आज बेइजिङगस्थित चीनको परराष्ट्र मन्त्रालयमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन्। राजदूत श्रेष्ठले परराष्ट्र मन्त्रालयका महानिर्देशक होंग ललाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको बेइजिंगस्थित नेपाली राजदूताबासले जनाएको छ।

तीन साताअगाडि काठमाडौँबाट चीनको छन्तु पुगेपछि १० दिनको क्वारेन्टाइन बसेर उनी बेइजिंगस्थित नेपाली राजदूताबास पुगेका थिए।

ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत श्रेष्ठ परराष्ट्रमन्त्री नारायण खड्काको नेतृत्वको चीन भ्रमणमा जान लागेको नेपाली प्रतिनिधिमण्डलमा सहभागी हुन आजै बेइजिङबाट सानतोङ प्रान्तको छिङताओ जाने बताइएको छ।

चिनियाँ समकक्षी वाङ्ग यीको निमन्त्रणामा ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का आजै राति काठमाडौँबाट प्रस्थान गर्दैछन्। प्रतिनिधिमण्डलमा बेइजिङस्थित नेपाली राजदूताबासबाट राजदूत श्रेष्ठसहित नियोग उपप्रमुख कौशल राय पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

@danfetv