Advertisement Banner
Advertisement Banner

२५ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

किन आए क्यानडाका विदेशमन्त्री?

०२ शुक्रबार , माघ २०७१११ बर्ष अगाडि

काठमाडौं, सतहमा सम्बन्ध, आपसी हित र चासोका विषय बढाउन भनिए पनि क्यानडाका विदेशमन्त्री दीपक ओवेराय यही बेला नेपाल आएका छन् र प्रधानमन्त्री, मन्त्री, राष्ट्रपतिसँग भेटवार्ता गरेका छन्। उनी भारतीय मूलका हुन्। निश्चय नै आर्थिक तथा कूटनीतिक सम्बन्ध अझ सुधार हुनेछ तर कूटनीति बुझ्नेहरु उनी विशेष मिसन लिएर आएका छन् र उनी त्यही मिसन पूरा गर्न माघ २ गते निकै सक्रिय भएको देखियो। उनको मिसन के हो? स्पष्ट हुनसकेको छैन। उनले संविधान निर्माण, संक्रमणको अन्त्य र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन क्यानडाले के गर्नुपर्छ, गर्न तैयार छ भन्ने सन्देश दिएका छन्।