Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

दुतावासको सुनियोजित तथा–कथित दिपावलीमा मिशन पत्रिका र महासंघ बाहिर

०४ सोमबार , आश्विन २०७२१० बर्ष अगाडि

नयादिल्ली, ४असोज । विगत आठ बर्षको नेपाली जनताको पर्खाईपछि हिजो घोषणा गरीएको संबिधानको महत्व छदैछ । विश्व भरी रहेका नेपालीहरुको खुशीको दिनमा बिभिन्न संघ संस्थाहरु र ब्यक्ति–ब्यक्तिले खुशी मनाईरहेको बेला भारतको राजधानी दिल्लीमा नेपाली राजदुतावासले नै तमाम प्रवासी नेपालीलाई दुतावास परिसरमै बोलाएर दिपावली मनाउनु सराहनीय कार्य थियो । तर आम नेपाली समुदायको प्रतिनिधी संस्था भनेर वकालत गर्ने पत्रकारहरु र पत्रकारीता जगतको बेवास्तामा नेपालको संबिधान घोषणाको दिपावली मनाइयो । भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको आयोजनामा राखिएको सो दिपावली समारोहमा प्रवासमा चलिरहेको मिशन पत्रिका र नेपाल पत्रकार महासंघ, भारत च्याप्टरलाई बेवास्ता गरीएकोछ । भारतमा ठुलो संख्यामा रहेका प्रवासी नेपालीहरुले नेपालका तिन प्रमुख राजनैतिक दलहरु नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमाले का जन वर्गिय संगठनहरु अखिल भारत नेपाली एकता मंच, नेपाली जन सम्पर्क समिति र प्रवासी नेपाली संघ भारतको पार्टि कार्यालय हो, नेपाली राजदुतावास भनेर टिका टिप्पणी गरीरहेका बेला हिजोको आयोजना र स्वतन्त्र तर मिशन पत्रिका र महासंघ प्रतिको बेवास्ताले चरितार्थ गरेकोछ । नेपाली कुटनिति नियोग आखिर कस्को इशारामा चलिरहेकोछ ? भन्ने कुरा अन्यौलपूर्ण रहेकोछ । राज्यको चौथो अंगको रुपमा कार्यरत निकायलाई बाईपास गरेर देखाउन के खोजिएको हो ? कुटनितिक नियोग र चौथो स्तमभले प्रवासको क्षेत्रमा नेपाली जनताको हक हितमा, सामाजिक उत्थानमा, उत्पीडन र अन्य शोषणका घटना र राष्ट्र र राष्ट्रको हितमा मीलेर हिडनु पर्ने बेलामा एक अर्कालाई बाईपास गर्न खोज्नु के यो दुर्भाग्यपूर्ण र निन्दनीय होईन र ? षडयन्त्र के हो ? साजिस के छ ? कतै भित्री कुरा बाहिर आउने डर त होईन ? महासंधको भारत च्यापटरले प्रवासमा राजदूतावासलाई मातृ निकायको रुपमा हेरेको र सम्मान गर्नका साथै सहकार्य गरिरहको सर्वविदितै छ । जनतामा दूतावास प्रतिको भ्रमचिर्दै जनताको नजरमा संवैधानिक निकायलाई विश्वासीले निकायका रुपमा स्थापित गर्नमा हाम्रो मीशन पत्रकारिताले सबै भन्दा मह्त्वपूर्ण भूमिका खेलेको कसैले नकार्न सक्दैनन् । तर पछिल्लो समयमा राजदूतवासबाट हामी प्रति गरिएको व्यावहारको हामी सख्तरुपमा विरोध प्रकट गर्दछौं ।