Advertisement Banner
Advertisement Banner

०२ आइतबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

दिल्लीमा राजदूत झिङ्गा मार्दै

२० सोमबार , असार २०७९२ बर्ष अगाडि

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव नेपाल टेक्नासाथ उनलाई राष्ट्रपतिले दर्शन दिइन्, त्यसपछि उनको सक्रियता प्रधानमन्त्री, परराष्ट्रमन्त्री र बरिष्ठ नेताहरुसँग भेटवार्ताबाट सुरु भयो । नेपालले भारतलाई कति महत्व दिएको रहेछ भन्ने यो पछिल्लो उदाहरण बुझ्नका लागि पर्याप्त छ ।
नेपालले भारतका लागि राजदूतका रुपमा डा.शंकर शर्मालाई नियुक्त ग¥यो । उनको स्वीकृति आउनै ३ महिना लाग्यो । बल्ल बल्ल राजदूत भएर गए, गएको ३ महिनासम्म परराष्ट्रमन्त्रीसम्मलाई शिष्टाचार भेट गर्न पाएका छैनन् । भारतले नेपाललाई कतिसम्म हेपेको रहेछ भन्ने यो पछिल्लो उदाहरण हो ।
हुन त यसअघि नीलाम्बर आचार्य राजदूत थिए, राजनीतिज्ञ हुन् तर जागीर खाएर फर्किए, सम्बन्ध विकासमा केही गर्न सकेनन्, भारतले महत्व नै दिएन ।