सुरेशकुमार पान्डे– -
२०५८ जेठ १९ । राजदरवार हत्याकाण्ड भएको दिन ।
इतिहाशमा अङ्कित अत्यन्तै कडा शुरक्षा घेरा भित्र शक्तिशाली परिवारको हत्या र उच्च छानबिन आयोगले गरेको छानबिन प्रकृया समेतमा आम जनताको शङ्का अंझै जारिनै छ । के त्यो राजदरवार हत्या प्रकरण सुल्झिएला ? जनताले चित्त बुझ्नेगरी कुनै तथ्य देशका सामु आउला ? यो आशा झनपछि झन धुमिल हुँदै गएको छ ।
जेष्ठ १९ गते राजाको वंशनास भएको दिन त्यो नेपालकै इतिहासमा कालो दिन हो । त्यो हत्याकाण्डमा राजपरिवारका तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारीहरू श्रुती, शान्ति राज्य लक्ष्मी सिंह, शारदा राज्य लक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहको एकै थलोमा हत्या भएको थियो ।
उक्त घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टरहरू घाइते भएका थिए । त्यो घटनाको छानविन गर्न तत्कालिन प्रधान न्यायधीश, संसदका सभामुखको नेतृत्वमा छानविन गरेको भएता पनि दोषीहरूलाई बाहिर ल्याउंन र उनिहरूलाई कार्वाही गर्न सकिएन । रहस्य नै रह्यो ।
यो हत्या त्यो पनि सुरक्षा घेराभित्र कसरी हुन सक्यो ? त्यसबारेमा जनताले जान्न पाउँनुपर्ने हो तर अहिलेसम्म राजपरिवारको हत्याराहरूको थिए त्यसबारेमा कुनै सन्तोषजनक उत्तर आउन नस्कनु दुःखको बिषय हो ।
कसै कसैलाई लाग्ला राजतन्त्रको वकालत गरेको जस्तो तर वास्तबिक अर्थ राजतन्त्रको वकालत गरेको होइन बरू देशभित्रको सुरक्षाघेरा र छानविन टोलीको बारेमा उठेका प्रश्नको जवाफ चाहिन्छ भन्न खोजिएको हो ।
देशको सभैभन्दा शक्तिशाली परिवारको यस्तो अबस्था हुनसक्छ भने पुरै देश खतराको घेरामा छ भनेर आम जनताले चिन्ता गर्नुपर्ने हुन्छ । राजा जस्तो शक्तिशाली ब्याक्तिको यस्तो गती हुन्छ भने आम नेपाली जनताको अबस्था कस्तो होला ? प्रश्न यस्तो पनि छ । गम्भीर छ ।
राजपरिवारका दश जनाको हत्यामा बिदेशीको हात छ भनेपनि त्यो बिदेशी शक्तिलाई कसैले त मद्दत गरेको होला ? घरभित्रकै कुनै सहयोगी बिन बाहिरको शक्तिले सुरक्षा घेरा पार गरेर यसरी हत्या गर्न सक्दैन । यसमा देशभित्रको कुनै दरवारको नजिकको ब्याक्तीनै राजाको हत्यारा हुनसक्छ । तर यति लामो समय सम्म राजाहरूको हत्यारालाई छानविन गरेर कट्घरामा ल्याउन नसक्नु सरकारको कमजोरी हो ।
बितेको यो दुई दशक सम्म सरकारले राजपरिवारको हत्यारालाई जनताको सामु ल्याउन सकिन्न भने देशका सर्वसाधारण जनताले भोगेका हत्या हिंसाको कसरी छानविन गर्ला ? चिन्ताको बिषय हो ।
हाम्रो देशका होनहार ब्याक्तित्व जिवराज आश्रृत र मदनकुमार भन्डारीको हत्यारा अहिलेसम्म पत्ता लागेन ।
एकजना एमालेका सांसद जस्ले कालापानीको मुद्धा पहिलो पटक संसदमा उठाएका थिए प्रेमसिंह धामी उनको जिप दुर्घटनामा मृत्यु बारे पनि ठिकसँग छानविन भएन । उनको जिप गुल्टियो, मदन र आश्रृतको सवारी जेष्ठ २०५० मा दासढुंगामा गुल्टियो । राजदरवार भित्रै पसेर राजाको वंशनाश गरियो । यो सबै घटनाहरू किन र कसरी को द्वारा भयो अहिलेपनि रहस्यमय छन् । के यी सबै दुर्घटना थिए ? वा नियोजित हत्या कम्तिमा दाश ढुङ्गा कांड र राजदरवार हत्या काण्डको सत्य र तथ्य जनताले जान्न खोजेका छन् ।
अरू सामिजिक अपराध त कति हो कति, थाहा नै छैन बालिकाहरूको अपहरण बलत्कार पछि हत्या हुन्छ अनि छानविन आयोग बस्छ तर अपराधी भेटिदैन र त्यो छानविन फाइल चिसो बाक्सामा थन्काइन्छ । जातिय हिंशा हुन्छ अपराधीहरूलाई कार्वाही हुंदैन बिदेशीले सिमा अतिक्रमण गर्छ त्यसबारे जनताले बिरोध गर्छन सरकार मौन बस्छ । बिदेशमा नेपाली चेलीको बिक्री गरिन्छ बलात्कार हुन्छ हत्या हुन्छ श्रमजीवी जनताले स्वयंसेवक बनेर आन्दोलन गर्छन् सरकार कुम्भकरणको निन्द्रामा सुत्छ । भारतमा नेपालीहरू माथि दिनहुँ अप्राधीहरूले कुनै न कुनै ठाउामा हत्या हिंसा गरेका छन्, सरकारलाई थाहाछैन । विबिसीले असीलाख नेपाली भारतमा छन् भनेको सुनिन्छ तर सरकार सँग तथ्याङ्ग छैन । भारतमा नेपाली राजदूत् त छन् तर जनताको हितका लागी हो कि कस्का लागि, राजदूत के गरेर बस्छन्, काम के हो त्यो उनैलाई थाहा छैन ।
आखिर सरकार केका लागी हो ? जनतामा कर लगाउन महंगी बढाउन जनतालाई लुट्न ? अहिले सरकारले एउटा आदेश जारि गरेको छ, जमिन बांझो राख्नेलाई एकलाख जरिमाना लगाउने । के कृषियोग्य जमिन कसलाई भन्छन् सरकारलाई थाहा छ ? त्यहाँ सिंचाईको ब्यबस्था छ कि छैन ? पहाडी भेगमा टेक्टर त चल्दैन । गोरू हलो जुवा अनि मल बिउ बिना त खेति हुंदैन । त्यसबारेमा पनि त सरकारले दिएको सुबिधा भन्नु प¥यो । आखिर सरकारले के उपलब्ध गराएकोछ ? किसानलाई । कृषियोग्य जमिनलाई प्लाटिंग नगर भनेर हामीले पनि माग गर्दै आएका छौं तर पहाडी भेगमा यो सरकारी नियम लागु हुन सक्दैन । जनता सँग कुनै रोजगारछैन एउटा पाटो जोतेर बालबालिकाको परवरिश सम्भव छैन । त्यो अबस्थामा किसानले पाटो बांझै छाडेर मजदुरी खोज्न पुगेको हुनसक्छ । उनिहरूले आर्काको देशमा गएर मजदुरी गरेर त्यो पाटोको पोत सरकारलाई तिरेकाछन् ।
सरकार पनि देश र जनता प्रति उत्तरदायी हुनुप¥यो । जनबिरोधी आदेशलाई फिर्ता लिनुपर्छ । गरिब जनताको हितमा कार्य गर्ने र यस्ता जघन्य अपराध हत्या र हिंशाका मुद्दालाई तत्काल शुल्झाउन सक्नुप¥यो ।
अहिलेसम्म राजदरवारको मुद्धा सुल्झाउन नसक्दा, दुनियाभरीमा नेपालको सरकारको कस्तो सन्देश पुगेकोहोला ? त्यो पनि अनुमान गरौं । आज देशको एउटा शक्तिशाली परिवारको हत्या भएको दशजना निर्दोषले ज्यान गुमाएको कालो दिन हो । हरेक दिन भइरहेका हत्याहिंसाका घटनामा सरकार सचेत होस् ।